IME Life
GBIME

नेप्सेमा ४३ अंकको बृद्धि हुँदा कारोबार रकम साढे ९३ करोडमा सिमित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४३ दशमलव २७ अंकले बढेर १,९०७ को विन्दुमा कायम भउको छ । बैंकहरुको व्याजदर घटेसँगै बजार बढेको हो ।  आज सबै उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै निर्जीवन बीम उपसूचक २ दशदलमव ८७ प्रतिशतले बढेको छ । आज २२३ कम्पनीको शेयर मुल्य बढेको छ भने १० कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ४८ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको ३ करोड १३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । आइएमई लाइफको २ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकताृले ९ दशलमव ३१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बिपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ४ दशलमव ६२ प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS