IME Life New

प्राधिकरणको निर्देशनपछि नेपाल लाइफको बालबालिका जीवन बीमा बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमालेख निर्देशिका २०७९ काे पालना नगरेपछि नेपाल बीमा प्राधिकरणले बालबालिका सम्बन्धी सबै जीवन बीमालेखहरुको बिक्री वितरणमा प्रतिबन्ध लगाई दिएको छ। प्राधिकरणको निर्देशिका अवज्ञा गरेपछि आज बुधबारदेखि नेपाल लाइफले बालबालिका सम्बन्धी नाैलो केटाकेटी जीवन बीमा बिक्री गर्न नपाउने भएको हो ।

बीमालेख बिक्री वितरण बन्द नगरे प्राधिकरणले कारवाहीको चेतावनी दिएपछि नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले शाखा कार्यालयहरुलाई निर्देशन जारी गर्दै कात्तिक १ गतेदेखि नाैलो केटाकेटी जीवन बीमा बन्द गरिने जानकारी गराएका छन् । अब नेपाल लाइफले नाैलो केटाकेटी जीवन बीमा (५५) पुनः प्रचलनमा ल्याउन पाउने छैन । यसैगरी पराजुलीले बालबालिकासम्बन्धी पुरानो बीमालेख सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा याेजना (५३) परिमार्जनको क्रममा रहेकाले परिमार्जित बीमालेख प्राधिकरणबाट स्वीकृत नहुँदासम्म बिक्री रोक्का रहने जानकारी समेत गराएका छन् ।

Esewa
Crest

प्राधिकरणले असोज २३ गते सबै जीवन बीमकलाई परिपत्र जारी गर्दै जीवन बीमालेख निर्देशिका २०७९ को प्रावधान अनुसार बालबालिका सम्बन्धी जीवन बीमालेखका प्रावधानहरु परिमार्जन गरेपछि मात्र प्रचलनमा ल्याउन निर्देशन दिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%
happy

खुसी

10%
sad

दु :खी

10%
amazed

अचम्मित

0%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS