IME Life New

शिवम् होल्डिङग्सले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने भएको छ । असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आइपीओ निष्काशन लगायत अन्य विविध प्रस्ताव पारितका लागि दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा कार्तिक २२ गते कम्पनीको कार्यालय अनामनगर, काठमाडौंमा उक्त दिन बिहान ११ बजे गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि १ करोड १६ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको हो । सभाले आगामी दिनमा आइपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि पारित गर्नेछ ।

Esewa
Crest

गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४ अर्ब ३६ करोड रुपैयाँको आधारमा ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाबाट पारित गर्नेछ । हाल सञ्चालकको संख्या ७ जना रहेकोमा सोलाई घटाई ५ जना कायम गर्ने निर्णय पनि सभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS