IME Life New

व्यवसायीक योजना बिनै नेपाल एयरलाइन्सका लागी थप १० वटा जहाज खरिद गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानी र सञ्चालन खर्चको अनुपातमा व्यापार गर्न नसकेको राष्ट्रिय ध्वजावाहक हवाई सेवा प्रदायक नेपाल एयरलाइन्सले व्यापारिक योजना बिना नै थप १० वटा जहाज खरिद गर्न लागेको छ।

नेपाल सरकार र सरकारको जमानीमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष समेतबाट लिएको कर्जा र कर्जाको ब्याज समयमै तिर्न सकेको छैन । उच्च सञ्चालन खर्चका कारण थपिएको घाटाले यसको ऋण भार ४८ अर्ब रुपैयाँ नाघेको छ। यस्तो अवस्थाका बावजुद संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवा बिस्तारका लागि निगमलाई थप जहाज  आवश्यक भएको बताउँदै जहाज खरिदको योजनामा व्यस्त छन् ।

Esewa
Crest

दुर्गम क्षेत्रका लागि तीनवटा र सुगम क्षेत्रका लागि दुईवटा समेत जम्मा पाँचवटा जहाँ आन्तरिक उडानका लागी खरिद गर्ने योजना मन्त्रालयको छ। अन्तर्राष्ट्रिय उडानका लागि थप पाँचवटा न्यारोबडी जहाज खरिदका लागी तयारी गर्न मन्त्री किराँतीले निगम नेतृत्वलाई निर्देशन दिएका छन् ।

निगमसँग दुईवटा वाइडबडी, दुई वटा न्यारो बडी, दुई वटा ट्विनअटर गरी जम्मा ६ वटा जहाज छन् । यी जहाजकाे उचित प्राविधिक व्यवस्थापन हुन नसक्दा नियमितजसो उडान सेवा रद्ध हुने गरेको छ। व्यापारिक योजना र अन्तर्राष्ट्रिय आकाशमा जहाजले उडानको अनुमति पाउने नपाउने यकीन नै नगरी १० वर्ष अघि ६ वटा चिनियाँ जहाज खरिद गरेको थियाे । यी जहाज उडान नै गर्न नपाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छेउ थन्किएको थन्किएकै थोत्रो भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%
happy

खुसी

0%
sad

दु :खी

8%
amazed

अचम्मित

8%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS