IME Life New

कर्मचारीको पीडाः सापटी रकम तिर्दै सिद्धिन्छ सञ्चयकाेषमा भएकाे बचत, अवकाशका बेला हात रित्तो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अवकाश प्राप्त कर्मचारीहरु जागिरे जीवनमा सञ्चयकोषमा जम्मा गरेकाे योगदानवापतको रकममध्ये जम्मा १८ प्रतिशत रकम मात्र लिएर घर फर्किने गरेको एक अध्ययनले देखाएको छ। कोषकाे विशेषाङ्कमा प्रकाशित प्रतिवेदनका अनुसार सापटी लिएका कर्मचारीले जम्मा गरेकोमध्ये बाँकी रकम काेषबाट लिएको सापटी अर्थात् कर्जा रकमको साँवा र ब्याज भुक्तानीमै खर्च हुने गरेको हाे ।

सञ्चयकर्ताले जम्मा रकममध्ये औसतमा करिब ४० प्रतिशत मात्रै सापटी समायोजन पश्चात भुक्तानी लिने गरेका छन् । अझ विशेष सापटी लिएका सञ्चयकर्ताले सेवाबाट अवकाश हुनासाथ सापटी समायोजनपछि हात पार्ने भुक्तानी वापतको रकम कूल सङ्कलित रकमको करिब १५ देखि १८ प्रतिशत मात्र हुने गरेको छ ।

Esewa
Crest

कोषले सञ्चयकर्ताको योगदान रकमको आधारमा प्रदान गरेको विशेष सापटीको अंश झण्डै ७८ प्रतिशत रहेको छ । यसैगरी कोषले योगदानकर्ता कर्मचारीलाई प्रवाह गरेको धितोमा आधारित कर्जाको अंश २२ प्रतिशत रहेको छ ।  कोषले आर्थिक वर्ष २०७९।०८० मा झण्डै २८ हजार सञ्चयकर्तालाई २८ अर्ब रुपैयाँ भुक्तानी दिएको छ। सञ्चयकर्ताले लिएको विशेष सापटीमध्ये झण्डै १७ अर्ब रुपैयाँ गत आवमा कोषले असुल उपर गरेको छ .

वार्षिकोत्सव विशेषा‌ंकमा समावेश गरिएको कोषका कामु मुख्य प्रबन्धक शान्ता गाैतमले आफ्नो आलेखमा अवकाशपछि कोषबाट भुक्तानी लि‌ंदा कर्मचारीको हात पर्ने रकमको आयतनलाई लिएर कोषको अवधारणाबारे पुनःविचार गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् । उनले भनेका छन्, कोष आफै‌ंले सञ्चालन गरेका कार्यक्रमको विषयमा विचार विमर्श गर्नुपर्ने समयमा नीति निर्माताले उस्तै प्रकृतीका कार्यक्रमलाई निरन्तरता दिँदै सामाजिक सुरक्षण गर्ने नाममा मजाक गरिरहेको जस्ताे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

64%
sad

दु :खी

6%
amazed

अचम्मित

7%
excited

उत्साहित

15%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS