IME Life New

बिधिवत रुपमा सानिमा सेक्यूरिटीजले शुभारम्भ गर्यो कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा सेक्यूरिटीज लिमिटेड ब्रोकर नं ८३ ले आज असोज २९ गते देखि आफ्नो कारोबार बिधिवत रुपमा सुरुवात गरेको छ । उक्त कार्यक्रमको उद्घाटन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले र यस सानिमा सेक्यूरिटीज लिमिटेडका संचालकहरुले संयुक्त रुपमा गरे।

उद्घाटन् समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले सानिमा सेक्यूरिटीजको बिधिवत रुपमा कारोबार संचालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय धितोपत्र दलालको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

Esewa
Crest

सानिमा सेक्यूरिटीज लिमिटेडले साउन १० गतेको दिन नेपाल धितोपत्र बोर्डबाट र भदौ २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS