IME Life New

२३ वर्ष ‘सिजी ग्लाेबल’ हाँकेका जिपि साहले काेलकात्ताकाे एफएमसिजी कम्पनी किन राेजे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चौधरी समूहको दैनिक उपभोग्य वस्तु उत्पादन डिभिजनको अन्तर्राष्ट्रिय कारोबारको व्यवस्थापन सम्हाल्दै आएका जिपी साह समूहबाट बाहिरिएका छन् । लगातार २३ वर्षसम्म सिजी ग्लोबल कर्पसँग आबद्ध रहेका उनी बहुर्राष्ट्रिय कम्पनी छोडेर भारतकाे कोलकात्तामा मुख्यालय रहेको स्थानीय अन्नपूर्ण स्वादिष्ट कम्पनीमा सहप्रबन्ध निर्देशक पदमा नियुक्ति लिएका छन् ।

अन्नपूर्ण स्वादिष्टमा आबद्ध हुनुअघि साह चौधरी ग्रुप (सीजी कर्प ग्लोबल) को एफएमसीजी डिभिजन, वाइ वाइ नूडल्स, क्विक्स स्न्याक्स, रियो फ्रुट बेभरेज, नेपाल आइस बियर आदिका निर्माताहरूका विश्वव्यापी प्रमुख कार्यकारी अधिकृत थिए। चौधरी समूहसँग पछिल्लो समयमा मतभेद बढेपछि साहले गत असार महिनामै राजीनामा दिएर सिजी ग्लोबल कर्पबाट बाहिरिएका थिए ।

Esewa
Crest

अन्नपूर्ण स्वदिष्ट कोलकाताको प्याकेज गरिएको स्न्याक्स, खाना र पेय पदार्थ कम्पनीले जीपी साह ९गजाननप्रसाद साह कलवार० को नियुक्तिको घोषणा गरेको छ। अतिरिक्त निर्देशक र सह प्रबन्ध निर्देशकको रूपमा जिम्मेवारी सम्हालेका हुन् । साहले कम्पनीलाई यसको विकासको अर्को चरणमा पुर्‍याउन जिम्मेवारी हुनेछ। अन्नपूर्ण स्वादिष्टले विशेष गरी बिस्कुट र नूडल्स खण्डहमा आफ्नो उत्पादन पोर्टफोलियो बढाउन खोजिरहेको छ। साहले आक्रामक बजारीकरणको नेतृत्व गर्दै  पूर्व, मध्य र उत्तर भारतमा आफ्नो उपस्थिति बलियो बनाउने जिम्मेवारी सम्हाल्ने कम्पनीले एक प्रेस विज्ञप्तिमा भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

7%
sad

दु :खी

7%
amazed

अचम्मित

37%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS