IME Life New

कर्मचारी सञ्चय काेषकाे लगानी ५ खर्ब रूपैयाँ नाघ्याे, नाफा मात्रै पाैने पाँच अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगानीका लागी सर्वाधिक ठूलाे काेष रहेकाे सार्वजनिक स‌ंस्थाहरूकाे सूचीमा रहेकाे कर्मचारी सञ्चय काेषकाे लगानी ५ खर्ब रुपैयाँ नाघेकाे छ। हालै मात्र ६२ वार्षिकाेत्सव मनाएकाे काेषले अल्पकालीन र दीर्घकालीन कर्जासमेत गरी गत आर्थिक वर्ष २०७९/८० काे असार मसान्तसम्ममा ५ खर्ब ३ अर्ब ७४ कराेड रूपैयाँभन्दा बढी रकम लगानी गरेकाे हाे ।

काेषसँग सञ्चयकर्ताबाट याेगदावापत संकलित रकम, लगानीबाट प्राप्त प्रतिफलबाट भएकाे बचत समेतकाे रकम सहित ५ खर्ब १२ अर्ब ४ करोड रूपैयाँ वित्तीय स्रोत उपलब्ध छ। यसैमध्यकाे करिब ९७ प्रतिशत रकम काेषले कर्जा तथा लगानीमा परिचालन गरेकाे हाे ।

Esewa
Crest

काेषकाे अपरिष्कृत विवरण अनुसार कुल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ४७.५७ प्रतिशत, परियोजना कर्जामा १६.१८ प्रतिशत उपयाेग भएकाे छ। यसैगरी कूल लगानीकाे २८.४२ प्रतिशत वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा र बाँकी ६.२५ प्रतिशत शेयर, डिवेञ्चर लगायत पूँजी बजारका उपकरण तथा व्यवसायीक भवनमा काेषले लगानी गरेकाे छ ।

कर्जा तथा लगानी र अन्य आम्दानीबाट गत आवमा काेषले ४२ अर्ब १६ करोड रुपैयाँ आम्दानी गरेकाे छ । याे रकममध्ये ४ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा हुने अनुमान रहेको काेषकाे वार्षिकाेत्सव विशेषा‌ंकमा उल्लेख छ । मुनाफावापतकाे रकमलाई सञ्चयकर्ताकै हितका लागी मुनाफामा हिस्सेदारी र सामाजिक सुरक्षाकाे काममा प्रयाेग गरिने काेषले उल्लेख गरेकाे छ।

काेषले ठूला जलविद्युत परियाेजनाहरूमा समेत लगानी गरेकाे छ। यसबाहेक सरकारी जमानीमा हवाई सेवा कम्पनी नेपाल वायू सेवा निगमलाई समेत दीर्घकालीन कर्जा उपलब्ध गराएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS