काठमाडौं । हाथवे इनभेष्टमेण्ट नेपालको शेयर नेप्सेमा आज पहिलो पटक कारोबार भएको छ । नेप्सेले पहिलो शेयर कारोबारको लागि ९५ रुपैयाँ ०९ पैसा देखि २८५ रुपैयाँ २७ पैसा को रेञ्ज दिएकोमा कम्पनीको पहिलो कारोबार २८५ रुपैयाँ २० पैसामा भएको थियो । नियमित सेसनमा आउँदा कम्पनीको बजार मूल्यले सर्किट लगाउँदै ३१३ रुपैयाँ ७० पैसा पुगेको छ । यो समाचार तयार हुँदासम्म कम्पनीको सर्किट लेभलमा लाखौ कित्ता बायर छन् तर विक्री तर्फ शुन्य संख्या छ ।
प्रति शेयर ५० रुपैयाँको शेयर ३१३ रुपैयाँ ७० पैसा पुग्दा आईपीओमा शेयर पर्ने लगानीकर्ताहरु मालामाल भएका छन् ।