IME Life New

साविक गुराँस लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७६ रुपैयाँसम्म पाउँदा कुन योजनामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० असोज २१ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

साविक गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफले सयुक्त जीवन बीमा व्यवसाय शुरु गरी हिमालयन लाइफको नामबाट कारोबार गरेका छन् । कम्पनीले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि ७६ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

Esewa
Crest

सावधिक जीवन बीमालेख
सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७६ रुपैयाँ कायम भएको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४४ हजार ४२४ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक तथा आजीवन बीमालेख
सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख सबैभन्दा धेरै ५ हजार ८ सय ९९ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक बीमालेख
अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा कम्पनीले कम्पनीले १४ वर्ष अवधिको लागि प्रति हजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४८ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ४ हजार ६०७ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४२ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

बार्षिक नगद फिर्ता योजना
यस योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ बोनसदर कायम गरेको छ । यस अवधिको २० देखि २४ वर्ष अवधिको योजना बढी विक्री भएको पाइन्छ । यस योजना ७ हजार १ सय १३ वटा विक्री भएको छ । यस पोलिसीमा बीमितहरुले ४३ रुपैयाँ बोनस पाउनेछन् ।

गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना
यस बीमालेखको हकमा कम्पनीले १४ वर्ष अवधिको लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ३१ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ३७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ३ सय ५२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार २५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

३० वर्षे गुराँस रक्षक(सिमित भुक्तानी)गुराँस सावाधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजना
यस योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ बोनसदर,१५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ बोनसदर,२० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ बोनसदर कायम गरेको छ भने २५ वर्ष अवधिभन्दा माथिको लागि ७० रुपैयाँ बोनसदर पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS