IME Life New

प्रस्तावित बीमा नियमावलीमा अर्थ मन्त्रालय र बीमा प्राधिकरणबीच २२ बुँदे सवाल जवाफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रस्तावित बीमा नियमावली २०८० काे मस्याैदामा समेटिएका प्रावधानहरूका सम्बन्धमा अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणसँग २१ बुँदे जानकारी मागेकाे छ। मन्त्रालयकाे कानून महाशाखाले प्राधिकरणसँग जानकारी मागेकाे हाे ।

इन्स्योरेन्स खबरलाई प्राप्त कागजपत्र अनुसार अध्यक्ष, सदस्य,समिति, उपसमिति, प्राधिकरण कर्मचारी नियुक्ति, पारिश्रमिक, सेवा शर्त नियमावलीमा किन समावेश नगरिएकाे बारे साेधेकाे छ । जवाफमा प्राधिकरणले छुट्टै नियमावलीमार्फत गरिने प्रतिकृया दिएकाे छ।

Esewa
Crest

यसैगरी मन्त्रालयले ऐनकाे प्रावधान अनुसार बीमा काेषमा बीमालेखकाे प्रकार अनुसार छुट्टाछुट्टै काेष राख्नुपर्ने प्रावधानबारे नियमावलीमा किन समावेश नगरिएकाे जिज्ञासामा प्राधिकरणले बेग्लै वित्तीय विवरण सम्बन्धी विनियममार्फत् गरिने जवाफ दिएकाे छ। यसैगरी  बीमकले स्वीकार गर्ने जाेखिम सम्बन्धी अन्य व्यवस्थाबारे नियमावली माैन रहेकाेमा प्राधिकरणले जाेखिम सम्बन्धी बेग्लै विनियम बनाईने जानकारी गराएकाे छ।

पुनर्बीमा सम्बन्धी अन्य करारकाे व्यवस्था नियमावलीमा नभएकाे भन्ने जिज्ञासामा नियमावलीकाे नियम ३६ मा प्रावधान समेटिएकाे बताएकाे छ। बीमककाे लेखा तथा हिसाब किताब सम्बन्धी व्यवस्थाबारे उल्लेख नगरिएकाे भन्ने मन्त्रालयकाे साेधनीमा प्राधिकरणले एनएफआरएस मा आधारित वित्तीय विवरण सम्बन्धी विनियममार्फत गरिने जानकारी गराएकाे छ। आर्थिक वर्ष समाप्त भएपछि वित्तीय विवरण तयार पारी ६ महिनाभित्र ताेकिएकाे ढाँचामा पेश गर्नुपर्ने प्रावधानबारे प्रस्तावित मस्याैदा माैन रहेकाेमा प्राधिकरणले एनएफआरएस मा आधारित वित्तीय विवरण सम्बन्धी विनियममार्फत गरिने जानकारी गराएकाे छ।

ताेकिएकाे सीमाभन्दा बढी रकमकाे बीमाबारे नियमावली माैन रहेकाेमा प्राधिकरणले यस्ताे रकम प्रत्येक वर्ष फरक पर्दै जाने भएकाले उल्लेख नगरिएकाे प्रतिकृया दिएकाे छ।

बीमा मध्यस्तकर्ताकाे इजाजत पत्र ढाँचा नियमावलीमा नभएकाेमा प्राधिकरणले अनुसूचीमा समावेश गरिने बताएकाे छ। ताेकिएकाे समयभित्र सर्भेयरले प्रतिवेदन बुझाउनुपर्ने प्रावधान अन्तर्गत समय ताेकेर समेत नियमावलीकाे मस्याैदामा राखिएकाे छैन।

कर्मचारीलाई ताेकिए बमाेजिम हटाउन सकिने प्रावधानलाई स‌ंकटग्रस्त बीमक सम्बन्धी विनियममा राख्ने बताएकाे छ। यसैगरी स‌ंकटग्रस्त बीमकलाई प्राधिकरणले नियन्त्रण गर्दा गठन गरिने व्यवस्थापन समितिकाे याेग्यता समेत विनियममा राखिने प्राधिकरणकाे जवाफ छ। स‌ंकटग्रस्त बीमककाे व्यवस्थापनसँग सम्बन्धी पाँचवटा विषयमा महाशाखाले जिज्ञासा राखेकाे छ।

ऐनमा नभएपनि नियमावलीमा प्रस्तावित व्यवस्थाहरुः

नेपाल बीमा प्राधिकरणले ऐन कार्यान्वयन गर्ने निकायकाे हैसियतमा बीमा ऐन २०७९ मा नभएका केही प्रावधानहरु बीमा नियमावलीमा समावेश गरेकाे छ। समावेश गरिएकाे प्रावधानहरुमा नियम ४ मा भएकाे व्यवस्थापन समूह र नियम ५ काे जाेखिम व्यवस्थापन समितिकाे गठन र बीमा पूर्वाधार काेष सम्बन्धी प्रावधान रहेकाे छ। प्राधिकरणले यी दुबै विषय अत्यन्तै महत्वपूर्ण भएकाले ऐनमै नभएपनि नियमावलीमार्फत् ल्याउनुपर्ने अवस्था रहेकाे प्रतिकृया दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS