IME Life
GBIME

आइपिओ निष्काशनकाे तयारीमा रहेकाे एनसेलकाे व्यापार लगातार ओरालाे लाग्दै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । निजी क्षेत्रकाे दुरस‌ंचार सेवा प्रदायक कम्पनी एनसेल एजियाटाकाे काराेबारकाे आकार पछिल्लाे चारवर्षयता लगातार ओरालाे लागेकाे छ। चार वर्षमा यसकाे काराेबार २० प्रतिशले खुम्चिएकाे छ।

आर्थिक वर्ष २०७६/७७ मा कूल ४६ अर्ब ८७ कराेड ४० लाख रुपैयाँ आम्दानी गरेकाे एनसेल एजियाटाले गत आर्थिक वर्ष २०७९/८० काे अपरिस्कृत विवरण अनुसार जम्मा ३७ अर्ब ४४ कराेड २० लाख रुपैयाँ बराबरकाे काराेबार गरेकाे छ। अघिल्लाे आवमा एनसेलले कूल ३९ अर्ब ७२ कराेड ५० लाख रुपैयाँ बराबरकाे काराेबार गरेकाे थियाे ।

Crest

रेटिङ एजेन्सी केयर इक्रा नेपालले सार्वजनिक गरेकाे प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार माेबाइल फाेन सेवाकाे प्रयाेग घट्दै गएर माेबाइल डाटाकाे प्रयाेग बढ्दै जाँदा परम्परागतरुपमा हुँदै आएकाे आम्दानी खुम्चिन थालेकाे हाे ।

खुम्चि‌ंदाे आम्दानीका कारण व्यापार विस्तारकाे दबाबमा रहेकाे एनसेलले संस्थागत ग्राहकलाई आइएसपिले जस्तै इन्टरनेट सेवा दिने, माइक्राेसफ्ट अपरेटिङ सफ्टवेयरकाे लाइसेन्स बेच्ने, डाटा सेण्टर सञ्चालन गर्ने, बजारीकरणका लागी सहयाेगी हुने जिपिएस ट्रयाकिङ सहितकाे सेवा प्रदान गर्ने र ग्राहककाे आवश्यक्ता अनुसारकाे लक्षित वर्गलाई एसएमएस पठाउने लगायतका अनेक सेवा थप्दा समेत काराेबार विस्तार गर्न सकेकाे छैन ।

दुई वर्ष अघि नै एनसेलले एकान्तकुनामा डाटा सेण्टर सञ्चालनमा ल्याई सकेकाे भएपनि यसले अपेक्षित काराेबार अझै गर्न सकेकाे छैन । दुई वर्ष अघि नै सञ्चालनमा आएकाे डाटा सेण्टरकाे बजार माग बढाउन सकिने आशामा हालै मात्र डाटा सेण्टर सञ्चालनकाे उद्घाटन गरेकाे थियाे । यसैगरी कर्पाेरेट ग्राहक लक्षित इण्ट्रानेट र इन्टरनेट सेवा समेत महँगाे भएकाले ग्राहकले रूचाएका छैनन् ।

पछिल्लाे समयमा फेसबुक मेसेन्जर, भाइबर, ह्वाटस एम, बाेटिम, इमाेलगायतकाे प्रयाेग बढेसँगै माेबाइल फाेन सेवाबाट प्राप्त हुने आम्दानीकाे आकार दूरसञ्चार सेवा प्रदायककाे विश्वभर नै ओरालाे लाग्दै गएकाे छ । यही कारणले आम्दानी खुम्चिने र खर्च बढ्ने भएसँगै चालू दायीत्व पुरा गर्न सक्ने क्षमता पनि क्रमशः कमजाेर हुँदै गएकाे छ। पर्याप्त नगद प्रवाहका कारण आव २०७६।७७ मा चालू दायीत्वकाे १४ गुणाभन्दा बढी तरलता रहेकाेमा अहिले चालू दायीत्वकाे तुलनामा नगद प्रवाह ३ गुणामा सीमित हुन पुगेकाे छ। यसैगरी यसकाे सञ्चालन आम्दानी पनि कूल चालू पूँजीकाे तुलनामा क्रमशः कमजाेर हुँदै गएकाे छ। 

भैरपरी आउने दायीत्ववापतकाे व्यवस्था समेत ८९ प्रतिशतले वृद्धि भएर ६५ अर्ब रुपैयाँ पुगेकाे छ। पूँजीगत लाभकर सम्बन्धी नेपाल सरकारसँगकाे विवादका कारण थप कर चुक्ता गर्नुपर्ने दायीत्व कुनै पनि बेला सिर्जना भइदि‌ंदा एनसेलकाे चालू पूँजीमा ठूलाे प्रभाव पार्नेछ। कर सम्बन्धी संभावित दायीत्वलाई इक्राले निगरानीमा राखेकाे छ। यसैबीच लगानीकर्तालाई मुनाफाकाे ठूलाे हिस्सा लाभा‌श वितरणले समेत एनसेलकाे नगद प्रवाह काेषमा नकारात्मक प्रभाव पारेकाे छ। एनसेलले नाफाकाे ९० देखि ९४ प्रतिशतसम्म रकम लाभा‌ंश वापत वितरण गरेकाे थियाे । लाभांश भुक्तानीमा कुनै पनि ठूलो वृद्धिले कम्पनीको रिजर्भलाई असर गर्छ कम्पनीको वित्तीय मेट्रिक्समा असर पर्दा रेटिङ्गमा समेत असर पर्न सक्ने इक्रा नेपालले विज्ञप्तीमा उल्लेख गरेकाे छ।

इक्रा नेपालका अनुसार एनसेलले २७ अर्ब २२ कराेड ५० लाख रूपैयाँ बैंक कर्जाका लागी रेटिङ गराएकाे छ। याेमध्ये १५ अर्ब २२ कराेड ५० लाख दीर्घकालीन कर्जाका लागी इक्रा एनपि एलए रेटिङ पाएकाे छ। यसैगरी बाँकी अल्पकालीन कर्जाका लागी इक्रा एनपि एवन रेटिङ पाएकाे छ। इक्राका अनुसार बै‌ंक कर्जा सुविधाका लागी प्राप्त याे रेटिङले वित्तीय दायीत्वहरु समयमै पुरा गर्नका लागी ऋणी कम्पनी सबल रहेकाे अवस्थालाई जनाउँछ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

50%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS