IME Life New

कापाको बोर्ड संचालकमा पूर्व अध्यक्ष सिए युद्ध राज ओली निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कापाको बोर्ड संचालकमा पूर्व अध्यक्ष सिए युद्ध राज ओली निर्वाचित भएका छन् । एशिया तथा प्रशान्त क्षेत्रको लेखा व्यवसायीहरुको संगठनको असोज १९ गते श्रीलंकामा सम्पन्न भएको बोर्ड संचालकहरुको निर्वाचनमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्व अध्यक्ष तथा पार्षद सिए युद्ध राज ओली बोर्ड संचालक पदमा आगामी चार वर्षका लागि निर्वाचित भएका हुन् ।

नेपालसँगै भारत अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, अमेरिका, नयुजल्याण्ड, पपुवान्युगीनी, फिलिपन्सि श्रीलंका लगायत देशका लेखाव्यवसायीहरुको संस्थाका प्रतिनिधी संचालकमा निर्वाचित भएका थिए । भने आइसिएआइ भारतका पूर्व अध्यक्ष सिए प्रफुल्ल छाजेद कापाको अध्यक्षमा निर्वाचित भएका छन् ।

Esewa
Crest

कापाको स्थापना सन १९५७ मा भएको हो । हाल कापामा २३ वटा राष्ट्रका ३२ लेखा व्यवसायी संस्था सदस्यमा रुपमा आबद्ध छन् । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था सन् १९९८ देखि यसको सदस्य रहदै आएको छ ।

सिए युद्ध राज ओली आठौं परिषदको तेस्रो कार्याकालमा उपाध्यक्षको रुपमा र नवौं परिषदको प्रथम कार्यकालमा अध्यक्षको भुमिका निर्वाह गरेका थिए । १२ जना सदस्य रहने कापाको उक्त बोर्डको पदावधि चार वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS