IME Life New

अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिताको अन्तिम चरणको खेल सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा नेपाल मर्चेण्ट बैंकर संघले अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता २०२३ को अन्तिम चरणको खेलहरु सम्पन्न गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित लगानीकर्ता सप्ताह कार्यक्रम अन्तर्गत आयोजित प्रतियोगितामा काठमाण्डौ युनिभर्सिटि स्कूल अफ म्यानेजमेन्ट प्रथम, नेपाल कलेज अफ म्यानेजमेन्ट द्धितीय र क्वेस्ट ईन्टरनेशनल कलेज तृतिय भएका छन् ।

प्रतियोगिताका लागि पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु काठमाडौं कलेज अफ म्यानेजमेन्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेन्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेन्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणका सेमिफाइनल राउन्डको लागि योग्य भएका थिए। द्धितीय चरणमा प्रवेश गर्न सफल भएका आठ वटा टोलिमध्ये विजय हुन सफल चार वटा टोलि –काठमाडौं कलेज अफ म्यानेजमेन्ट, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेन्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफ म्यानेजमेन्ट बीच सोहि दिनको अन्तिम चरणको ग्राण्ड फिनाले प्रतिस्पर्धामा बुद्धिमत्ता र वित्तीय ज्ञानको रोमाञ्चक प्रदर्शन भएको थियो ।

Esewa
Crest

ग्राण्ड फिनालेमा सामान्य राउण्ड, बोनान्जा राउण्ड, बजर राउण्ड, र र्‍यापिड फायर राउण्ड शामिल भएको थियो । बुद्धि र रणनीतिको रोमाञ्चक र घनिष्ठ प्रतिस्पर्धामा, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) को टोलि ट्रफी र १ लाख रुपैयाँसहित प्रथम च्याम्पियन भएको छ ।

त्यस्तै नेपाल कलेज अफ म्यानेजमेन्ट कलेज ट्रफी र ५० हजार रुपैयाँ प्राप्त गरी द्धितीय र क्वेस्ट इन्टरनेशनल कलेज २५ हजार रुपैयाँ पुरस्कारसहित तेस्रो स्थानको ट्रफी हात पारेको छ ।

समापनका अवसरमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल,नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी, ब्रोकर संघ र मर्चेन्ट बैंकर एशोसिएसउनका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS