IME Life New

कार्यकाल पुरा नहुँदै गुहेश्वरी मर्चेण्टबाट बाहिरिए सिइओ श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुहुश्वरी मर्चेण्ट बै‌ंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले चार वर्षे कार्यकाल पुरा हुनु अगावै व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् ।

गुहेश्वरी सञ्चालक समिति बैठकले असाेज २२ गतेदेखि लागू हुने गरी श्रेष्ठकाे राजीनामा स्वीकृत गरेकाे हाे। २०७७ साउनमा एशियन लाइफ इन्स्याेरेन्सबाट अवकाश पछि उनी एशियन लाइफकाे स‌ंस्थापक प्रवर्द्धक समेत रहेकाे गुहेश्वरीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । श्रेष्ठले आफ्नाे कार्यकालमा गुहेश्वरीको लगानीकाे गुणस्तर सुधारेर जाेखिमपूर्ण कर्जा लगानीवापतकाे प्राेभिजनिङ घटाउने काम गरेका थिए ।

Esewa
Crest
प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठकाे राजीनामा

एशियन लाइफ इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत पदमा दुई कार्यकाल बिताएपछि उनले २०७७ साउनमा अवकाश पाएका थिए । एशियन लाइफबाट बाहिरि‌ंदा उनले बीमितबाट संकलित रकमकाे शत प्रतिशत रकम जीवन बीमा काेषमा जम्मा गरेर जीवन बीमाकाे क्षेत्रमै बेग्लै उदाहरण दिएका थिए । नेपाल बैंक लिमिटेडबाट बैंकिङ क्यारियर शुरु गरेका श्रेष्ठले एशियन लाइफमा महाप्रबन्धककाे जिम्मेवारी पाउनु अघि महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहि सकेका थिए ।

ताेयराज अधिकारी

श्रेष्ठ बाहिरिएसँगै ताेयराज अधिकारीलाई गुहेश्वरी मर्चेण्टले प्रमुख कार्यकारी पदमा नियुक्त गरेकाे छ। अधिकारी वेष्ट फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS