काठमडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ५८ अंकले घटेर १,९०८ दशमलव ६६ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् । आज ६६ कम्पनकिो शेयर मुल्य बृद्धि भएको छ भने १५८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ८८ प्रतिशतका दरले कमाएका हुन् । थ्री स्टार हाइड्रोपावरका लगानकिर्ताले ४ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनका लगानीकर्ताले ४ दशलमव ३८ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ४ दशलमव ३६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।