Connect IPS
IME Life

अरुण काबेली पावरले २० लाख १४ हजार कित्ता हकप्रद लिलामीमा विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले २० लाख १४ हजार ८१७ कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले भदौ ११ गतेदेखि ३१ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री गर्ने कमपनीले जनाएको छ ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ७८ हजार २०३ जना आवेदकहरूलाई १ करोड ६५ लाख ३७ हजार २८८ कित्ता हकप्रद शेयर कम्पनीले असोज १९ गते बाँडफाँड गरेको छ ।

Prabhu
Crest

कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । विक्री हुन नसकेको हकप्रद शेयर समेत विक्री तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ ।

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजननका लागि असार २५ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरूमा मात्र हकप्रद शेयर बाँडफाँड गरिएको हो । हकप्रद शेयर बाँडफाँडमा नपरेको रकम असोज २४ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरिने जानकारी विक्री प्रबन्धकले दिएको छ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS