Connect IPS
IME Life

सिनर्जी पावरले ५ लाख ६३ हजार कित्ता हकप्रद लिलामीमा विक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना आवेदकहरूलाई ३४ लाख ६९ हजार ६१४ कित्ता हकप्रद शेयर कम्पनीले असोज १६ गते बाँडफाँड गरेको हो । सो अवधिमा वितरण हुन नसकेको ५ लाख ६३ हजार २६१ कित्ता हकप्रद शेयर भने कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । हकप्रद शेयर बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको रकम असोज १९ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै रकमान्तुक गरिने जानकारी कम्पनीले दिएको छ ।

Prabhu
Crest

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाएका थिए ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको आधारमा हकप्रद शेयर विक्री गरेको हो । अवितरित हकप्रद शेयर विक्री तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS