काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३५ दशमलव ६७ अंकले घटेको छ । नेप्से परिसूचक १ दशमलव ८२ प्रतिशतले घट्दा परिसूचक १९२१ दशमलव २४ को विन्दुमा बन्द भएको छ ।
साताको पहिलो कारोबार दिन ब्रोकर नम्बर ५८ सर्वाधिक कारोबार गर्ने ब्रोकरको शिर्ष स्थानमा छ। ५८ नम्बर ब्रोकरबाट २३ करोड १८ लाखको कारोबार भएको छ। जसमा १० करोड ४१ लाखको खरीद छ भने १२ करोड ७६ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ छ । ३४ नम्बर ब्रोकरबाट १४ करोड ९७ लाखको कारोबार भएको छ। जसमा ६ करोड ५१ लाखको खरीद छ भने ८ करोड ४५ लाखको विक्री छ ।