काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको आइपीओको आज प्रिअलोटमेन्ट सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको अनुसार आज विहान आइपीओको प्रिअलोटमेन्ट सम्पन्न गरी असोज २४ गते बाँडफाँग गर्ने तयारी भएको हो । बाँडफाँडको मिति तोकिएपनि समय भने तय नभएको क्यापिटलले जनाएको छ ।
कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर निश्कासन गरेको थियो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।
अन्तिम दिनसम्म आइपीओमा ११ लाख बढीले आवेदन दिएका छन् । अन्तिम दिन आइपीओमा ११ लाख १३ हजार ८५५ जनाले ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् । उक्त वापत ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २१० रूपैयाँ संकलन भएको छ । माग भन्दा बढी आवेदन परेकोले आईपीओ बाँडफाँड गोलाप गोलाप्रथाबाट हुनेछ ।