काठमाडौं । आज शेयर बजारमा भारी गिरावट भएको छ । आज शेयर बजार नेपसे परिसूचक ३५दशमलव ६७ अंकले घटेर १,९२१ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज १६ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।
आज १ अर्ब ८० करोड १७ लाख रुपैयाँको शेयर कारोबार हुँदा शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ५ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।