Connect IPS
IME Life

चार्डपर्वको अवसरमा लुम्बिनी केबलकारले ल्यायो अफर, टिकटमा ४०% छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी चार्डपर्व अफर ल्याएको छ । आज असोज २१ गतेदेखि लागु भएको यो अफरमा साविक टिकट दरमा शनिबार वाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट दिइएको कम्पनीले जनाएको छ ।

अब शनिबार वाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैया मात्र कायम भएको छ । नेपालीहरुका महान चाडपर्वका अवसरमा आम सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको जनाइएको छ । टिकट दरमा छुटसंगै कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने जनाएको छ ।

Prabhu
Crest

चार्डपर्वमा आम सर्वसाधारण परिवार सहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफर जस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन रहेको २.६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS