Connect IPS
IME Life

नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा १७२ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ११ अंकले घटेर १,९५६ दशमलव ९२ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मुल्य बढेको छ भने १७२ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २८० कम्पनीको ३६ लाख ६२ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नविल बैंकको ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भउको छ । सोल्टी होटल्सको ३ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३० प्रतिशतका दरले कमाएका हुन् । इष्र्टन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशलमव २६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले गुमाएका हुन् । मध्य भोटेकोशीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS