IME Life New

सिनर्जी पावरको हकप्रद बाँडफाँड, ५ लाख ६३ हजार कित्ता लिलामी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले असोज १६ गते उक्त हकप्रद शेयर बाँडफाँड गरेको हो । कम्पनीले २ बराबर १ को अनुपातमा निष्काशन गरेको थियो । कम्पनीले भदौ ३ गतेदेखि ३१ गतेसम्म हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

कम्पनीले निष्काशन अवधिभर रितपूर्वक आवेदन दिएका ४४ हजार ७९४ जना शेयरधनीहरुलाई ३४ लाख ६९ हजार ६१४ कित्ता शेयर बाँडफाँड गरेको जनाएको छ । यस अनुसार बाँडफाँडमा नपरेको कम्पनीको ५ लाख ६३ हजार २६१ कित्ता शेयर लिलामी प्रक्रिया मार्फत विक्री गर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। हकभन्दा बढी शेयर माग गरी आवेदन दिएका शेयरधनीहरुलाई बाँडफाँडमा नपरेको हकप्रद शेयर बापतको रकम असोज १९ गतेदेखि आइपीएस मार्फत रकमान्तर गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS