IME Life New

इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा उप्रेती नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त भएका छन् । कम्पनीको असोज १७ गते साँझ ५ बजे बसेको ७९औँ सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको हो । कम्पनीले उप्रेतीलाई असोज १८ देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो ।

उप्रेती यस अघि एनआईसी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए । उप्रेतीले भारतको Institute of Chartered Accountants of India बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

Esewa
Crest

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत श्री विशाल उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS