IME Life New

हालसम्म सोनापुर मिनरल्सको आइपीओ कतिले भरे ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओमा ७ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार ५ बजेर ७ मिनेटसम्ममा ७ लाख ३२ हजार ९५३ जनाले ८५ लाख ६६ हजार ८४० कित्ताका लागि आवेदनदिएका हुन् ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

Crest

सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरेको थियो। सो शेयरमा स्थानिय बासिन्दाहरुले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए। रीतपूर्वक आवेदन दिएका आवेदकलाई माग गरे बमोजिम शेयर बाँडफाँड गरिसकेको छ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँड गरिसकेको छ।

उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ भने ढिलोमा असोज २८ गते हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS