IME Life New

१७ म्युचुअल फण्डको लाभांश घोषणाः कुनका इकाईधनीले कति पाउँछन् प्रतिफल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाभांशको सिजन शुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिरहेका छन् । आर्थिक वर्ष २०७९ /८० को लागि हालसम्म १७ वटा म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुलाई दिने प्रतिफल घोषणा गरेका हुन् । अधिकांश फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्षमा बढेको छ ।

एनएमबि हाइब्रिट फण्ड एल १ ले इकाईधनीलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । एनएबि ५० ले पनि १५ प्रतिशत, प्रभु सेलेक्ट फण्डले ९ दशलमव ५ प्रतिशत, सानिमा इक्विटी फण्डले १८ प्रतिशत, एनआइबिएल प्रगति फण्डले ६ दशलमव ८ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ ले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन् ।

Esewa
Crest

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत, सिद्धिार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले ६ दशलमव ५ प्रतिशत, कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डले कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष भने यस फण्ड आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट अफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।

लक्ष्मी उन्नती कोषले ९ दशलमव ५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ८ प्रतिशत र एनआईबिएल सहभागिता फण्डको ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । नविल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ९ दशलमव ६ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई कर सहति ५ प्रतिशतका दरले हुन आउने रकम ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो।

फण्डको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

17%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS