काठमाडौं । आज नेप्से परिसूचक १७ दशमलव ५६ अंकले घटेर १,९५८ दशमलव ७२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८७ कम्पनीको शेयर मुल्य घटेको छ । आज १ अर्ब १९ करोडमाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटिजन लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको ३ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
![](https://insurancekhabar.com/wp-content/uploads/2023/09/nepse.jpeg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)