IME Life New

एक सातामा सुनको भाउमा उच्च गिरावट, आज पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज मंगलबार पनि सुन चाँदीको भाउ घटेको छ । हिजो सोमबार प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन पनि प्रति तोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने तोलामा ३० रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

गत साताको मंगलबारदेखि घटेको सुनको भाउमा आजसम्म पनि गिरावट नै कायम भएको हो । एक सातामा सुनको भाउ ५ हजार ६ सय रुपैयाँ घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS