IME Life New

सानिमा माई हाइड्रोपावरको लाभांश प्रस्ताव, बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/०८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोशन शेयर र कर प्रयोजनको लागि ० दशलमव ५२६३ नगद गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि कार्तिक २३ गते साधारण सभा बोलाएको छ । सभाले जुम खोला जलविद्युत आयोजना (५६ मेवा) को प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरको शेयरमा अधिकतम रू १ अर्ब ५० करोड सम्म लगानी प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले लगानीका लागि प्रवर्द्धक कम्पनी र सम्बन्धित पक्षहरू बीच सम्झौता गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै जुम खोला जलविद्युत आयोजना (५६ मेवा) को बैक कर्जा प्रयोजनका लागि प्रचलित कानूनले तोकेको सीमा भित्र रही संस्थागत जमानत दिने सम्बन्धमा, साधारण सभाको स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभा समक्ष प्रस्ताव पेश हुने जनाएको छ ।

कम्पनीले  साधारण सभा तथा लाभांश वितरण प्रोजनार्थ कम्पनीले असोज २४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS