काठमाडौं । हिजो घटेको बजार आज साताको दोस्रो दिन बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव १९ अंकले बढेर १,९७६ दशलमव २९ को विन्दुमा कायम भएको छ । आज १६३ कम्पनीको शेयर मुल्यमा बृद्धि भएको छ भने ६४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सिइवासी नेपाल लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ६६ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव २९ प्रतिशतका दरले गुमाएका हुन् ।