IME Life New

स्थिर सरकार भयो भने विकासले लय पक्रन्छः अर्थमन्त्री डा.महत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थिर सरकार भयो भने विकासले लय पक्रने बताएका छन् । आइतबार बारा जिल्लामा आयोजित ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सन्जिवनी बाटिकाको भवनको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘स्थिर सरकार भयो भने यो देशमा गर्न सकिने धेरै कुराहरु छन् । तर दुईवटा भाष्यसँग हामी चनाखो हुनुपर्छ । ०४६ सालअघि यहाँ स्वर्णयुग थियो अहिले खत्तम भयो भन्ने भाष्य सामाजिक सञ्जालमा फैलाइएको छ भने अर्को नकरात्मक सन्देश फैलाइएको छ । यसलाई चिर्नुपर्छ ।

हाम्रो अर्थतन्त्रमा पहिलेदेखि थुप्रिदै आएको समस्याहरु उनले बताए । मन्त्री डा. महतले भने, ‘सहज अवस्थामा कर्जा प्रवाह भयो, प्रतिफल प्राप्त नहुँदा आएका समस्याहरु र पछिल्लो समय ब्याजदर वृद्धि हुँदा उत्पन्न समस्याहरु, नयाँ ऋणी हिचकिच्चाएको समस्या, ब्याजदर अझै उच्च रहेको समस्या, सेयर बजार सहज हुन नसकेका समस्याहरु, घरजग्गा कारोबार शिथिल भएर उत्पन्न भएका समस्याले गर्दा आर्थिक कारोबार कम भएको छ । तर अब अर्थतन्त्र विस्तारै लयमा फिर्किदैछ ।’

Esewa
Crest

अर्थतन्त्र लयमा फकिन्छ, यसका ठोस आधार रहेको उनले स्पष्ट पारे । मन्त्री डा. महतले भने, ‘विप्रेषण हाम्रो अर्थतन्त्रमा प्रवाह भइरहेको छ । तर हात परिवर्तन हुन हिचकिचावट भइरहेको छ । जति धेरै हात परिवर्तन हुन्छ त्यत्ति हाम्रो अर्थतन्त्र चलायमान हुन्छ । उत्पादन र रोजगारी सिर्जना भयो भने राजश्व बढ्छ, राजश्व बढ्यो भने हामी विकास निर्माणमा लगानी गर्न सक्छौं ।’

पर्यटन आउन थालेका छन् । विदेशी विप्रेषणको प्रवाह पनि राम्रो छ । अब जग्गा कारोबार विस्तारै बढ्छ । बैंकिङ समस्या विस्तारै हड्छन् । राष्ट्र बैंकले कतिपय काम गर्न बाँकी छ । राष्ट्र बैंकबाट सम्बोधन भएपछि सेयर कारोबार बढ्ने मन्त्री डा. महतले विश्वास व्यक्त गरे ।

‘फास्ट ट्रयाकलाई चाहिने बजेट विनियोजन भएको छ, बजेट अभावले यो आयोजना नरोकिने उनले स्पष्ट पारे । मन्त्री डा. महतले भने, ‘अन्तर्राष्ट्रिय एयरपोर्ट हामीले बनाउँनै पर्छ । पहिला बारामै बनाउनुपर्ने थियो । ४५ मिनेटको वरपर संसारभरि नै सहज हुन्छ । निजगढ एयरपोर्टलाई प्राथमिकतामा राखेका छौं । सुनकोशी मोरिन डाइभर्सनले बारालगायत अन्य जिल्लाको कृषि उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

उनले भने, ‘जेष्ठ नागरिक वृद्धाश्रममा बस्नुपर्ने परिस्थिति सिर्जना भएको छ । समाजको बद्लिदो स्वरुप व्यक्तिवादी प्रवृत्ति हाबी हुँदै गएको अवस्था छ । उत्पादन प्रकृयामा परिवर्तन आइरहेको छ । विदेशिनुपर्ने अथवा स्वदेशमै भए पनि अर्को स्थानमा जानुपर्ने बाध्यता छ । यी विविध कारणले वृद्धाश्रमको आवश्यकता, जेष्ठ नागरिकको सेवा गर्ने केन्द्रको आवश्यकता खड्किदै गएको छ । यद्यपि हामी हाम्रा आमा बुवा घरबाहिर आश्रत हुनुपर्ने परिस्थिति सिर्जना होस् भनेर हामी कोही पनि चाहँदैनौं ।’

‘घरभित्रै जेष्ठ नागरिकले उचित सम्मान र सेवा प्राप्त गर्न सकून । यो नै हाम्रो कोसिस हुनुपर्छ’, मन्त्री डा. महतले भने, ‘यही किसिमको सामाजिक जागरण, कर्तव्य र दायित्वको विषयमा नयाँ पिँढीलाई सुसूचित र शिक्षित गराउन जरुरी छ । परिस्थिति बाबजुद यो अवस्था नभएमा कुनै पनि जेष्ठ नागरिक आश्रमविहीन भएर सडकमा पुग्नुपर्ने अवस्था सिर्जना नहोस् ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS