IME Life New

एक सय तीन बर्षिय महानगरपिता पोखरेललाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा महानगरपालिकाकाले वडा नं. २६ का एक सय तीन बर्षिय प्रजापति पोखरेललाई महानगरपिताका रुपमा आइतबार सम्मान गरेको छ । ३३ ओैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अबसर पारेरलाई पोखरेललाई महानगरपालिकाले १५ हजार नगद सहित, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

पोखरेललाई सम्मान गर्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले महानगरकै जेष्ठ नागरिकलाई महानगरपिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै, उनमा रहेका ज्ञान र शिपलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए ।

Esewa
Crest

जीवन शैली, खानपान, रहनसहनले शताब्दीसम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश सम्मानित व्यक्ति पोखरेलबाट प्राप्त भएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले वडाले बार्षिक रुपमा जेष्ठ नागरिक दिवासेवा केन्द्रमा खाजा एवं सहायता सामाग्री बितरण गर्दै आएको जानकारी दिए । थापाले वडाको भौतिक बिकासमा मात्र नभई सर्वशुलभ रुपले शिक्षा र स्वास्थ्यमा सवै नागरिकको पहुच हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महानगरले बार्षिक रुपमा नगरपिता र नगरमाताको रुपमा जेष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताईन । उनले यसपटक जेष्ठ नागरिकको घरदैलोमा पुगेर महानगरपिता र मातालाई सम्मान गरिएको बताईन ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नंं ४ का निर्वतमान वडाध्यक्ष शंकर बास्तोला, वडा नंं २६ का वडा सदस्य तिर्थबहादुर राजभाट, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगाना, लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेना, उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतम, महानगरपालिका महिला विकास शाखाका अधिकृत विष्णु पौडेल, सम्मानित व्यक्तित्व पोखरेलका नाती डा. रञ्जन पोखरेल लगायतले बोलेका थिए ।

कार्यक्रममा सम्मानित परिवारले महानगरपालिकाबाट प्राप्त नगद १५ हजारमा ५ हजार १ सय ४ रुपैया थप गरी पोखरा महानगरपालिका वडा नं. २६ सक्नेरीमा रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गरेका छन् । महानगरपिताका रुपमा सम्मानित पोखरेलका चार छोरा, तीन छोरीबाट समेत गरी ५२ सन्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS