IME Life New

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, राति १२ बजेबाट लागू हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले हिजो राती बढाएको पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य वृद्धि फिर्ता लिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम पहिलेकै अवस्थामा मूल्य घटाएको जनाइएको छ । निगमले फिर्ता भएको मूल्य वृद्धि आज रातिबाट मात्रै लागू हुने छ ।

असोज १४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यबृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यबृद्धि गर्ने निर्णय आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

Esewa
Crest

शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल/मट्टितेल ६ रुपैयाँ, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो । जुन मूल्यवृद्धि आइतबार राति १२ बजेपछि फिर्ता हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS