IME Life New

नेपाल रिपब्लिक मिडियाले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । नेपाल रिपब्लिक मिडियाले कार्तिक ३ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ । उक्त सभा जडिबुटी इन्द्रेनी ब्याङक्वेटमा १०ः३० बजे आयोजना गर्ने जनाएको छ । कम्पनीको असोज ११ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभामा आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहितको वित्तिय विवरणहरु उपर छलफल गरि सो लाई पारित गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ।व। २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।

Esewa
Crest

त्यस्तै साधारणसभाले कम्पनीको नियमावली बमोजिम सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्ने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS