IME Life New

बीमाप्रतिको विश्वास अभिवृद्धि गर्नका लागि बीमा कम्पनीहरूलाई ठोस कदम चाल्न अध्यक्ष सिलवालको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वास अभिवृद्धि गर्नका लागि ठोस कदम चाल्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले पोखरामा आयोजना गरेको बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरू तथा बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा बजारमा विश्वसनीयता कायम गर्नका लागि कम्पनीहरुलाई यस्तो निर्देशन दिएका हुन् । साथै, उनले बीमा गर्नका लागि नागरिकहरू आफै बीमा कम्पनीमा आउने वातावरण सिर्जना गर्न समेत बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष सिलवालले भने, “मर्जरपश्चात् बीमा कम्पनीहरूको जोखिम बहन गर्ने क्षमता बढेको छ, बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गतिविधिहरू बढाउँदै लानुपर्छ, बीमा सचेतना कार्यक्रमहरू संचालन गर्नुपर्छ, बीमा बजारका नयाँ नयाँ क्षेत्र पहिचान गर्नुपर्छ ।” अध्यक्ष सिलवालले बीमा ऐनमा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका लागि नीतिगत व्यवस्थाको पहल भइरहेको जानकारी दिए ।

Esewa
Crest

त्यस्तै, कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा अभिकर्ताहरूले गर्ने कार्यको निरीक्षण गर्ने पहिलो कर्तव्य बीमकका प्रदेश, शाखा र उपशाखा कार्यालयका प्रमुखहरूको भएको बताए । कार्यकारी निर्देशक पौडेलले प्राधिकरणबाट हुने स्थलगत निरीक्षणका क्रममा सत्यतथ्य विवरण नदिई गलत तथ्यांक दिने कम्पनीहरूलाई कानून बमोजिम कारवाही गरिने समेत उनले बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रोपर्टी ट्यारीफ रेट सम्बन्धी विषयलाई बीमकहरूको सुझाव लिएर सम्बोधन गरिने जानकारी दिइन् ।

कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीका प्रदेश कार्यालयलाई अधिकार प्रत्यायोजन नभएको, अस्वस्थ प्रतिस्पर्धाका कारण बीमा बजारमा समस्या उत्पन्न भएको, नयाँ सर्भेयरलाई पर्याप्त काम नदिइएको लगायतका गुनासाहरू राखेका थिए ।

त्यसैगरी, बीमा कम्पनीहरू नगदरहित कारोवारतर्फ अघि बढ्नुपर्ने, बीमा सर्भेयरले तोकिएको समयमा नै रिपोर्ट बुझाउनुपर्ने, साना साना बीमा दाबी भुक्तानी प्रदेश कार्यालयबाट नै हुनेगरी अधिकार प्रत्यायोजन गर्नुपर्ने, बीमा बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न नेपाल बीमा प्राधिकरणले ठोस कदम चाल्नुपर्ने, वास्तविक बीमा दाबीको भुक्तानी समयमा नै दिनुपर्ने लगायतका विचार सहभागीहरूले व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद दाहाल, नेपाल बीमक संघका उपाध्यक्ष वीरेन्द्र बैदवार, नेपाल इन्स्योरेन्स सर्भेयर्स एसोसिएन, पोखराका पदाधिकारी, बीमा कम्पनीका प्रदेश, शाखा तथा उपशाखा कार्यालयका प्रमुखहरू र बीमा सर्भेयरहरूको सहभागिता रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS