IME Life New

नेपाल सुपर लिगमा मार्की खेलाडिको रूपमा राष्ट्रिय टोलीका गोलकिपर श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् । गेम वान प्राली अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठ बिच यो आबद्धतामा सहमति भएको हो ।

नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मङ्सिर ८ देखि पुस १४ गते सम्म दशरथ रङ्गशाला काठमाण्डौंमा आयोजना हुँदैछ ।

Esewa
Crest

एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS