Connect IPS
IME Life

नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको नेपाल चाइना चेम्बरको प्रतिनिधिमण्डलले उसी–सीसीपीआईटीसँग सहकार्यको सम्झौता गरेको हो । चीनको पुरानो औद्योगिक सहर उसीलाई औद्योगिक हब मानिन्छ ।

नेपाल चाइना चेम्बरका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ र उसी सीसीपीआईटीका उपाध्यक्ष वाङ सिसोङले मंगलबार आयोजित एक समारोहमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उसी पूर्वी चीनको सांघाई नजिकैको सहर हो । जुन चीनको सबैभन्दा ठूलो ताजा पानीको तालहरू मध्ये एक, ताइहुको किनारमा अवस्थित छ भने यहाँ रहेको लिङ्शान पार्कमा ८० मिटर अग्लो भव्य बुद्ध मूर्ति पनि छ ।

Prabhu
Crest

बुद्ध जन्मस्थल लुम्बिनीप्रति उसी क्षेत्रका चिनियाँ नागरिकको रुचि रहेको र सो क्षेत्रबाट नेपालमा ठूलो संख्यामा पर्यटक ल्याउन सकिने नेपाल चीन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार उसी सीसीपीआईटीसँग भएको सम्झौताअनुसार नेपाली व्यवसायीले त्यहाँ हुने व्यापारमेलामा सहभागी हुन पाउनेछन् भने नेपालको पर्यटन क्षेत्रको विकासमा त्यहाँका व्यवसायीले लगानी गर्नेछन् ।

यस्तै, व्यवसायीहरुबीच द्विपक्षीय भ्रमण तथा व्यापार एवं लगानी सम्भाव्यताका लागि सहकार्य गरिने सहमतिपत्रमा उल्लेख छ । कृषि क्षेत्रमा उसीको अनुभव तथा प्रविधि नेपालमा भित्र्याएर कृषिजन्य वस्तुको निकासीमा योगदान पु¥याउन सहकार्य गरिने सहमतिमा जनाइएको छ ।

निवर्तमान अध्यक्ष श्रेष्ठका अनुसार उसी क्षेत्रको औद्योगिक आर्थिक विकासको अनुभव नेपालका लागि उपयोगी हुने र नेपालमा ठूलो संख्यामा पर्यटक भित्र्याउन सहयोग पुग्ने उद्देश्यले यो सहमति गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS