बीमाले कुनै न कुनै रुपमा मानिसको जिवनलाई छोएकै हुन्छ । बीमाको अवस्था पहिले र अहिलेको तुल्नात्मक रुपमा हेर्दा धेरै फरक ढगंमा विकसित भइ रहेको छ । बीमाको दायरा बढाउन सबै पक्ष लागिरहेको छ । बिशेषत यस कार्यमा बीमा कम्पनी र नियमनकारी निकायको भुमिका प्रमुख छ । यही गतिमा हेर्ने हो भने बीमाको दायरा अगामि दिनहरुमा अपेक्षित रुपमा बढदै नै जानेछ । बीमाको दायरा सगैं गुणस्तरिय बीमा सेवाको आवधारना पनि समेटेनु पर्ने देखिन्छ ।
बीमालाई सबल बनाउन वित्तिय हिसाबले पर्याप्त क्यापिटल नितिहरु आई रहने र बीमा कम्पनीका वित्तिय अवस्थाहरुको नियमित मुल्याकंन भई रहेको अवस्था छ । सोही प्रकारले कर्मचारीहरुको (Human Capital) पनि योग्यता र दक्षताको पनि मापन हुन जरुरी देखिन्छ । कारण कम्पनी आफैमा त केही होइन यसलाई चलाउने, गतिशिलता प्रदान गर्ने कार्य यस्मा आवद्ध कर्मचारीहरुले नै हो भने कर्मचारी सम्बन्धी निती नियमहरु किन स्पष्ट नहुने रु
बीमाका कर्मचारीहरुका पृष्ठभुमि
बीमाका अलि पुराना कर्मचारीहरु बीमालाई नै आफनो पेशा बनाउँछु भनेर आएकाहरु सम्भवत अत्यन्तै कम हुनुपर्छ । पुराना कर्मचारीहरुको हकमा अहिलेका जस्तो तालिम, अहिलेको जस्तो जानकारी लिन सक्ने माध्यमहरुको धेरै नै अभाव थियो । उनीहरुले काम गर्दै, काम सिक्दै अनुभव बटुले । त्यही अनुभवबाट ज्ञान आर्जन गरे ।
अनुभवी पुराना कर्मचारीहरुको मुल्याकंनको सन्दर्भमा
यी पुराना कर्मचारीहरुको एउटा निश्चित तहमा पुगेर अनुभव हासिल गरे पश्चात उनीहरुको ज्ञान तथा सिपको उपयोगितालाई कार्यवन्यनमा ल्याउन पनि सकिन्छ । उनीहरुको बढुवा सगैं अन्य नयां जिम्मेवारी प्रदान गरिदा नयाँ अनुभव हासिल गर्न सक्दछ । यसका लागि उनले वर्षौ सम्म लगाएर सिकेको जानेको ज्ञान, अनुभवलाई विषेशज्ञको रुपमा कसरी लैजाने हो भन्ने सोच ल्याउन जरुरी देखिन्छ । बीमाका बारेमा बिशेषज्ञहरुको अभावको बारेमा समय समयमा सुनिने भएकोले पुराना कर्मचारीहरुका यी अनुभवहरुलाई राम्ररी सदुपयोग गर्न सकिन्छ ।
दक्ष तथा प्रतिभाशाली नयां कर्मचारी
सम्भवत बीमा पेशा नयां मानिसहरुका लागि दोश्रो अवसरका रुपमा लिन सक्छन् । उनीहरुका लागि पहिलो रोजाई अन्य पेशा हुन सक्दछ । यस पेशामा प्राविधिकहरुलाई पनि आर्कषित गर्न सकेको खण्डमा बीमामा हुने निहित जोखिमहरुलाई पहिचान गर्न अझ बढी प्रभावकारी हुने देखिन्छ । अहिलेको Talent Crunch का अवस्थामा उनीहरुले बीमा पेशामा आफनो भविष्य सुन्योचित भएको देख्ने वातावरण बनाउन आवश्यक छ ।
तालिम र अभ्यास
केही समय यता बीमा कम्पनीहरुले कर्मचारीका लागि विभिन्न तालिमहरुको आयोजन गर्ने गरेका छन् । यी तालिमहरु देश तथा विदेशमा हुने गर्दछ । नेपालमा अवस्थित ईन्स्योरेन्स ईन्स्टिच्युट नेपाल लिमिटेडबाट पनि बीमा सम्बन्धी विभिन्न पेशागत तालिमहरु बीमाकर्मी अथवा बीमा सम्बन्धी सरोकारवालाहरुलाई नियमित भई रहेको छ।
यी तालिमहरुले कर्मचारीहरुको दक्षतामा अभिबृद्धी त भई रहेको छ यसका साथै तालिमबाट प्राप्त ज्ञान तथा सिपलाई अभ्यासमा र व्यवहारमा ल्याएका छौ कि छैनौ यी विषयहरुमा पनि ध्यान पुयाउन आवश्यक छ । तालिम गर्ने अनि काममा कुनै सन्तोषजनक प्रगति नहुने हो भने यी तालिमहरु फलदायी नहुन सक्दछ । मानव संशाधन विभागले यी विषयहरुमा ध्यान पुयाउन नितान्त आवश्यक छ ।
कर्मचारीहरुको मुल्याकंनको आधारहरु
कर्मचारीहरुको वृत्ति विकाशका लागि मानव संशाधन विभागसंग प्रशस्त योजनाहरु हुन आवश्यक छ । यो निश्चय नै हो कि राम्रा कर्मचारीहरु स्वभाभिक रुपमा नै अगि बढछन् भने कमजोर कार्यशैली भएका कर्मचारीहरुलाई दक्ष बनाउन त्यही अनुरुपको आवश्यक प्रयास पनि चाहिन्छ र सवैले समान अवसर भने पाउने वातावरण बनाइनु पर्दछ । यसका साथै कर्मचारीको भुमिका र जिम्मेवारीमा स्पष्टता (Clarity) हुनु आवश्यक छ र आफना हाकिमबाट (Reporting line) निगरानी भएमा उनले पनि आफनो परफरमेन्स राम्रो गर्दै लान सक्ने स्थ्तिी बन्दै जान्छ ।
अर्को कुरा कर्मचारीहरुमा पनि धैर्यता कम भएको हो जस्तो लाग्छ, चाडो भन्दा चाडो माथि उक्लिन खोज्ने, त्यसका लागि चाहिने प्रकृयागत विषयहरुलाई बेवास्ता गर्ने र आफनो बलियो सम्बन्धहरुको प्रयोग गर्न खोज्ने प्रवृत्ति पनि पाईन्छ । बीमा क्षेत्रमा हाल देखिएका पदको असन्तुलन केही मात्रामा यसैको नतिजा हो भन्नै पर्दछ । पदीय दायित्व अनुरुप कार्य सम्पादन नभएको अवस्थामा व्यवस्थापन पक्षलाई पनि आफनो सस्ंथाको प्रगति गर्नमा असहज स्थिीतको सृजना हुने गर्दछ ।
त्यस्तै कुनै पनि प्रश्नको जवाफ सोध्ने र जवाफ दिने जस्ता अभ्यास गरिनु पारदर्शिताको सुचक हो । यस्ता किसिमका कृयाकलापले कुनै पनि जोखिमलाई समयमा नै पहिचान गर्न र समाधान खोज्न मद्दत गर्दछ भने जिम्मेवारी र जवाफदेहिताले सस्थांभित्र सद्भावपुर्ण वातावरणको विकाश हुने गर्दछ । यी सबै कारणले गर्दा Merit basis मा प्रगति गर्दै लैजानका लागि बीमा क्षेत्रका कर्मचारीहरुका लागि परिक्षा प्रणालीको व्यवस्था अवलम्बन गर्ने बारे पनि सोच्न सकिन्छ !
यसर्थ कुनै पनि संस्थामा कर्मचारीहरुको आउने जाने क्रम त भई नै रहन्छ तर सस्ंथा भनेको त सयौं वर्ष सम्म पनि जिवित रहने गर्दछ तसर्थ यस्ता विषयहरुमा सबैले राम्ररी आत्मानिरिक्षण गर्नु पर्दछ ।
बीमकको प्रदेश तथा शाखा कार्यलयका कर्मचारी
बीमकको शाखा कार्यलय सम्बन्धी निर्देशिका, २०७९ बमोजिम प्रदेश तथा शाखा कार्यलयहरुलाई साना बीमा दावी भुक्तानी अधिकार, जोखिमाकंन सम्बन्धी अधिकार, बीमा बजारीकरण तथा कार्यलय व्यवस्थापन सम्बन्धी अधिकार प्रत्यायोजन गर्नु पर्ने भन्ने विषय स्पष्ट उल्लेख छ । यस भन्दा अगि बीमा कम्पनीहरुले शाखा कार्यलयहरुको विस्तार आफना व्यापार अभिवृद्धीका लागि मात्र स्थापना गराइएका हुन भन्दा कुनै अतियुक्ति नहोला । केही अपवाद बाहेक, सामान्यत बजारीकरण र सिमित जोखिमाकंनका अधिकार आफना शाखा कार्यलयहरु मा प्रदान गरिरहेका थिए ।
शाखा तथा प्रदेश कार्यलयमा कार्यरत कर्मचारीहरुमा पनि उनीहरुको कार्य सम्पादन र मुल्याकंन बारेमा स्पष्ट निति हुन आवश्यक देखिन्छ । त्यहांका प्रमुखहरु धेरै जसो बजार विभागका हुने र उनीहरुलाई व्यापार बृद्धीको जिम्मेवारी दिइने तथा जोखिमाकंन, दावी विभागका कर्मचारीहरु उनैको मातहतमा हुने र ती जोखिमाकंन, दावी विभागका कर्मचारीहरुका कार्य सम्पादनको मुल्याकंन उनै प्रमुखहरुबाट नै हुने भएकोले त्यहां स्वार्थको द्धन्द्ध (Conflict of interest) निश्चित रुपमा रहने गर्दछ ।
यो कुरा साचों हो कि कुनै पनि संस्थाका लागि व्यापार बृद्धी महत्वपुर्ण विषय हो तर यंहा नेर सामान्यत व्यापार बृद्धी मात्र नभई गुणस्तरिय बृद्धीलाई मापदण्ड बनाउने हो भने सम्पुर्ण बीमा व्यवसायले समाजमा अझ विश्वासिलो भई आफनो बलियो स्थान बनाउन सक्दछ । बीमा प्राविधिक विषय भएकाले यसलाई पढन, बुझनका लागि निरन्तर अभ्यास चाहिन्छ भन्ने कुरा सदैव मनन गर्नु पर्दछ भन्ने तथ्य हाम्रा विद्धान अग्रजहरुले हामीलाई झस्काई रहेका नै हुन । प्रदेश तथा शाखा कार्यलयमा यसमा अपवाद हुने कुरै भएन ।
अन्य केही व्यवाहारिक पाटाहरु पनि हुन सक्छन् जस्तै अधिकार प्रत्योजन गरेको खण्डमा त्यस भुमिका लाई सही तरिकाले कसरी व्यवस्थापन गर्ने । उदाहरणका लािग बीमा गर्नका लागि ग्राहकलाई प्रेरित गर्ने उपायहरु, ग्राहकको आवश्यकता अनुरुपको प्रोडक्टहरुको बारेमा जानकारी दिइने, प्रस्तावित जोखिमको मुल्याकंन कसरी गर्ने, बीमाका शर्तहरु बारेमा ग्राहकलाई राम्ररी जानकारी प्रदान गर्ने, जोखिम न्युनीकरणका उपायहरु तथा बीमितले गर्नु पर्ने जिम्मेवारी वा (Duty of care) बारे अवगत गराउने आदि ।
विभिन्न प्रकारले दावीको समयमा दावी कसरी गर्ने र यसका प्रकृया प्रष्टसगं जानकारी दिएमा कुनै पनि समस्या आउदैन । दावीकर्तालाई पनि चाहिने आवश्यक कागजातहरु एकैपल्टमा सबै माग गर्दा सहज हुने कुरा कर्मचारी आफैले पनि बुझनु आवश्यक छ । र क्षति प्रमाणितका लागि उनीबाट चाहिने आवश्यक कागजातहरु जति चाडों प्राप्त हुन्छ उत्ति नै चाडो दावी भुक्तानी प्राप्त गर्न सकिन्छ भन्ने विषयलाई सपष्ट पार्न आवश्यक छ तथा प्रत्येक जानकारी लिने दिने विषयमा चाहि लिखित (Documented) हुन आवश्यक छ ।
साना तिना दावी लगायत, सही दावी र झुटो दावीको बीचको अन्तरका लागि विषयगत ज्ञान र दक्षता हुन नितान्त आवश्यक देखिन्छ । यी विषयहरुमा सचेतता अपनायौ भने बीमितहरुले छोटो छरितो र गुणस्तरिय बीमाको सेवा अनुभव गर्न सक्दछ ।
प्रदेश तथा शाखा कार्यलयको जोखिमाकंन विभाग
जोखिमाकंन विभागका कर्मचारीलाई कुनै पनि जोखिमको बारेमा जानकारी हुनु नितान्त आवश्यक छ भने त्यस सगै बीमाका शर्तहरुका बारेमा पनि ज्ञान हुन पनि आवश्यक छ कारण उनले बनाएको बीमालेखका आधारमा नै दावीको भुक्तानीको सम्बन्ध हुने गर्दछ । उनको अनभिज्ञताले दावीको समयमा अनावश्यक झन्झट निम्त्याउने गर्दछ ।
प्रदेश तथा शाखा कार्यलयको दावी विभाग
जोखिमाकंन विभागबाट तयार गरिएको बीमालेखको आधारमा दावीको भुक्तानीको निक्यौल हुने गर्दछ । दावी विभागका कर्मचारीले बीमालेखको शर्तलाई प्रभावकारी ढगंले अभ्यास गर्दछ । उनले त्यस सम्बन्धी विषेशज्ञहरुको (Surveyor) समीप्यताले उनले त्यस जोखिमलाई विस्तृत रुपमा सुक्ष्म तरिकाले राम्ररी बुझने मौका पाउदछ ।
जिम्मेवारीको हेरफेर
कुनै पनि कर्मचारीलाई यी महत्वपुर्ण विभागहरुमा काम गर्ने अवसर प्राप्त भएमा दुवै विभागहरुले आफनो पेशागत क्षमता अभिवृद्धी गर्ने छन् । जस्तो कि जोखिमाकंनले दावी विभागबाट बीमालेख मा सपष्ट नहुदां हुने असरहरु जस्तै जोखिम बारे भ्रम (Confusion) सृजना हुने, दावी प्रकृयामा ढिलाई हुने, अनावश्यक तनाव पैदा हुने, कानुनी प्रकृयाहरुमा अडचन आउने बारेमा जानकारी पाउंछन भने दावीका कर्मचारी जोखिमाकंन विभागमा काम गर्दा जोखिमाकंन विभागले प्रस्ताव फाराममा उल्लेखित जोखिमको जोखिम मुल्याकंन गरि तुरुन्त निणर्य गरि कार्य सम्पादन गरिहाल्नु पर्ने, त्यसका असरहरु, प्यारामिटर (Parameters) हरुलाई ध्यान दिनु पर्ने, चुनौतिहरुका सामना गर्नु पर्ने आदि विषयहरुको बारेमा जानकारी प्राप्त गर्दछ ।
अन्त्यमा
गुणस्तरिय बीमा सेवा बृद्धी लाई मनन गरि आफना सबै संजालहरुबाट (प्रदेश तथा शाखा) व्यवस्थित सेवा प्रयोजनका लागि ध्यान दिनु पर्ने विषयहरु निक्यौल गर्दै अगि बढदा समग्र बीमा क्षेत्रको विकाशमा आयाम थपिने देखिन्छ भने मानव सशांधन विभागले बीमा पेशालाई आर्कषक पेशाका रुपमा उभ्याउन सशक्त भुमिका निवार्ह गर्न सक्दछ भन्ने विश्वास लिन सकिन्छ ।