IME Life New

अर्बपति बिल गेट्सको भविष्यवाणीः ‘हप्तामा दुई दिनमात्रै काम’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी अर्बपति बिल गेट्सले निकै रोचक भविष्यवाणी गरेका छन्। उनका अनुसार आउने समयमा मानिसहरुले हप्तामा दुई दिनमात्रै काम गरे पुग्ने अवस्था आउनेछ।

आउने समयमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का कारण काम गर्ने तरिकामा ठूलो बदलाव आउने बिल गेट्सको भनाइ छ। ‘सायद अबको १० वर्षमा मानिसले हप्तामा दुई दिनमात्रै काम गर्नुपर्नेछ’, उनले भने, ‘किनकि एआईको मद्दतले मेसिनबाट काम गर्ने क्षमता निकै बढ्छ। यसले मानिसलाई काम गराउने आवश्यकता कम गर्नेछ। यसको असर विभिन्न खोल उद्योग र व्यवसायमा पर्नेछ।’

Esewa
Crest

बिल गेट्सले लामो समयदेखि एआईको क्षमताबारे कुरा गर्दै आइरहेका छन्। एक अन्तर्वार्तामा उनले यी सबै कुराको चर्चा गरेका थिए। अहिले उनको त्यो अन्तर्वार्ता निकै चर्चामा रहेको छ। मानिसहरु भन्न थालेका छन् कि एआई आएपछि जागिर र काम गर्ने तरिकामा ठूलो परिवर्तन आउनेछ।

बिल गेट्सका अनुसार एआईको सहयोगमा कामदारको कमीलाई पूरा गर्न सकिन्छ। ‘विशेषगरी स्वास्थ्य सेवा र शिक्षाजस्ता क्षेत्रमा एआईले मद्दतले स्वास्थ्य सल्लाह र शिक्षाका हरेक किसिमको उपलब्धलाई सहज बनाउनेछ’, उनले भने।

सन् २०२३ मा च्याटजीपीटीजस्ता एआई टुल्स आउँदा पनि उनले शायद भविष्यमा मानिसहरुले हप्तामा तीन दिन काम गर्नुपर्ने अवस्था आउने बताएका थिए। अब एआईको विकास तीव्रता पाउँदा उनको भनाइ झनै सार्थक बन्दै गएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS