IME Life New

सर्वोच्चमा बीमा अभिकर्ताले हालिन् प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध मुद्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।

बीमा प्राधिकरणको अध्यक्ष बन्न नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको भन्दै ओझाविरुद्ध नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्तासमेत रहेकी अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते रिट दायर गरेकी हुन्। व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ओझाले बीमा ऐन, २०७९ बमोजिम आवश्यक पर्ने कार्यानुभवको प्रमाणपत्र नक्कली पेस गरेको रिटमा दाबी गरिएको छ। ओझाविरुद्ध परेको रिटमा न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनवाइ भइरहेको छ।

Esewa
Crest

बीमा ऐनमा अध्यक्षका लागि बीमा ऐनमा बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्पनीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ। तर, पत्रकारितासँगै अध्यापन पेसामा रहेका ओझासँग बीमा प्राधिकरणको अध्यक्ष बन्न आवश्यक उच्च व्यवस्थापकीय तहमा कार्य गरेको अनुभव नरहेको रिटमा दाबी गरिएको छ।

केही समय अगाडिसम्म ओझा एउटा सञ्चार माध्यममा विशेष संवाददाताका रुपमा कार्यरत थिए। बीमा प्राधिकरणमा नियुक्तिकै लागि त्यस सञ्चार माध्यमले ओझालाई व्यवस्थापकीय जिम्मेवारी निभाएको भन्दै कार्यानुभवको प्रमाणपत्र बनाएको थियो।

ओझाले कानुनमा स्नातक गरी करिब १ वर्ष वकालत गरेका थिए। त्यसअघि प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सबाट अभिकर्ताको लाइसेन्स लिएर उनले केही वर्ष काम गरेको पनि खुल्न आएको छ। उनले बीमालेख बिक्री गरे पनि बीमा क्षेत्रको उच्च व्यवस्थापक तहमा बसेर काम गरेको अनुभव देखिँदैन।

गत फागुन १२ गतेको मन्त्रिपरिषदको बैठकले ३३ वर्षीय ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनले भोलिपल्ट फागुन १३ गतेबाट अध्यक्षको कार्यभार सम्हालेका हुन्।

यसअघि अध्यक्ष ओझाको कार्यानुभवमा प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%
happy

खुसी

14%
sad

दु :खी

43%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS