IME Life New

बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज अध्यक्ष ओझाविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। योसँगै अध्यक्ष ओझाले कामलाई निरन्तरता दिन पाउने भएका छन्।

Esewa
Crest

बीमा प्राधिकरणको अध्यक्ष बन्न नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको भन्दै ओझाविरुद्ध नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्तासमेत रहेकी अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते रिट दायर गरेकी थिइन्।

सर्वोच्चमा बीमा अभिकर्ताले हालिन् प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध मुद्दा

न्यायाधीश सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै दुवै पक्षलाई छलफलमा डाकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS