IME Life New

म्यानमारको भूकम्पले दर्शायो एसियामा बीमाको तड्कारो आवश्यकता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । म्यानमारमा हालै गएको विनाशकारी भूकम्पले एसिया प्रशान्त क्षेत्रमा बीमाको तड्कारो आवश्यकता दर्शाएको छ।

हाउडेन रिले एक प्रेस वक्तव्य जारी गर्दै एसिया प्रशान्त क्षेत्रमा बीमाको आवश्यकता दर्शाएको हो। हाउडेन रिका एसिया प्रशान्त क्षेत्र प्रमुख एन्डी साउटरले म्यानमारको भूकम्पनीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको चिन्ता व्यक्त गरे। ‘त्यहाँ हामीले ठूलो सुरक्षा अन्तर देख्यौँ’, उनले भने, ‘त्यसले उदयीमान बजारहरुमा बीमा आवश्यकता धेरै रहेको बुझिन्छ।’

Esewa
Crest

म्यानमारमा थुप्रैपटक ठूला भूकम्पको धक्का महसुस भएको थियो। करिब १ हजार २०० किलोमिटरसम्म भूकम्पको प्रभाव परेको थियो। त्यहाँ सन् १९३१ र १९४६ मा ७.३ म्याग्नेच्युट माथिको भूकम्प गएको पाइएको हाउडेन रिले जनाएको छ।

म्यानमारमा बीमाको दायरामा निकै थोरैमात्रै आएको र भूकम्प प्रभावित क्षेत्रका भवनहरु भूकम्प प्रतिरोधात्मक नरहेको पाइएको हाउडेन रिको प्रतिवेदनमा उल्लेख छ।

उता थाइल्यान्डमा भूकम्पको जोखिम टाइफान्स आँधी र बाढीबाट कम रहेको पाइएको छ। तर, प्राकृतिक विपत्तिका बारेमा कति बेला के हुन्छ भन्ने अनुमान गर्न सकिँदैन।

यसैगरी बैंककमा थुप्रै उच्च मूल्यका भवनहरु रहेका छन्। यदि भूकम्प गइहालेमा त्यहाँ ठूलो जनधनको क्षति हुने सम्भावना रहेको हाउडेन रिले औँल्याएको छ। थाइल्यान्डका पनि ७६ प्रदेशमध्ये १० प्रदेशलाई भूकम्पको जोखिममा राखिएको छ।

त्यसो त नेपालमा पनि पछिल्लो समयमा भूकम्प गइरहेको छ। पछिल्लोपटकको जाजरकोट भूकम्पपछि नेपालमा पनि बीमाको आवश्यकता महसुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS