IME Life New

सस्तैमा टेस्ला कार चढ्न पाउँदै नेपाली, नेपालमै ईभी उत्पादन कारखाना खोल्दै एलन मस्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विश्वकै धनाढ्य व्यक्ति एलन मस्कको निकै चर्चा चलिरहेको छ। उनीमात्रै नभएर उनको विद्युतीय कार उत्पादन गर्ने कम्पनी टेस्लाको खबरहरु पनि निकै चलिरहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हात मिलाएपछि मस्कको विश्वभर आलोचना भइरहेको छ। योसँगै टेस्ला कारमाथि आक्रमण गर्ने र बहिष्कारको अभियान चलिरहेको छ।

Esewa
Crest

अहिले युरोपेली बजारमा टेस्ला कारको बिक्री ह्वात्तै घटेको छ। अमेरिकामै टेस्ला कारको बिक्री सुस्त बनेको छ।

शेषगरी सरकारी निकायमा कर्मचारी कटौती गरी खर्च नियन्त्रणको अभियानमा मस्क लागेका छन्। अर्कोतर्फ राष्ट्रपति ट्रम्पले विश्वभर ट्यारिफ आतंक मच्चाइरहेका छन्। यसले एकातिर अमेरिकी बजारलाई असर गरिरहेको छ भने अर्कोतिर विश्वभर मन्दीको खतरा बढ्दै गएको छ।

त्यसो त मस्कले केही समयपहिले भारतमा टेस्ला कार उत्पादन गर्न कारखाना खोल्ने निर्णय गरेका थिए। यो कारखाना उत्पादनसँगै एसियामा टेस्ला कारको बजार विस्तार हुने उनको अपेक्षा रहेको छ।

यही बेला मस्कले फेरि अर्को आश्चर्यजनक निर्णय गरेका छन्। उनले नेपाल पनि टेस्ला कार उत्पादनका लागि कारखाना गर्ने निर्णय गरेको सुनिएको छ। ‘नेपाल सरकारका आधिकारिक व्यक्तिहरुसँग मस्कले कारखाना खोल्न कुरा गरिरहेका छन्’, एक उच्च अधिकारीले भने, ‘सम्भवतः नेपाल मस्कलाई कारखाना खोल्न सहयोग गर्ने पक्षमा देखिएको छ।’

मस्कले नेपालमा कारखाना खोलेर विद्युतीय कारण उत्पादन गरेमा नेपालीले सस्तैमा टेस्ला कार चढ्न पाउने ती अधिकारीले भनाइ छ। ‘निर्णय चाँडै होला’, ती अधिकारीले भने।

(नोटः आज अप्रिल १। विश्वभर यो दिन अप्रिल फुलका रुपमा मनाइन्छ। यस दिनलाई हसिमजाकका रुपमा खुसियालीका साथ मनाइन्छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

48%
happy

खुसी

19%
sad

दु :खी

5%
amazed

अचम्मित

0%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS