IME Life New

बीमा प्राधिकरणमा उपनिर्देशकहरूको जिम्मेवारीमा व्यापक हेरफेर,केहीको सरूवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आन्तरिक कार्य सम्पादन मूल्याङ्कनबाट बढुवा भएका र प्रदेश कार्यालय प्रमुखहरू रहेका उपनिर्देशकहरूको पदस्थापन र सरूवा गरेको छ।

केन्द्रिय कार्यालयमा रहेका उपनिर्देशक विरोध भट्टलाई कानून महाशाखाको उजुरी शाखाबाट कानून शाखामा सरूवा गरिएको छ। उपनिर्देशक रंजिता केसीलाई उजुरी शाखा प्रमुख को रुपमा जिम्मेवारी दिईएको छ। यसैगरी पुनम ज्ञवालीलाई मानव संशाधन शाखाबाट प्राधिकरण अध्यक्षको सचिवालयमा सरूवा गरिएको छ।

Esewa
Crest

गण्डकी प्रदेश कार्यालय प्रमुख रहेका केशव प्रसाद दाहाललाई बीमालेख महाशाखा अन्तर्गत बीमालेख शाखामा सरूवा गरिएको छ। यसैगरी शम्भू मिश्रलाई गण्डकी प्रदेश कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिइएको छ। अर्का उपनिर्देशक ओम बहादुर अधिकारीलाई मध्यस्थकर्ता व्यवस्थापन शाखाबाट कार्यकारी निर्देशक मातहतको बीमा प्रवर्द्धन शाखामा सरूवा गरिएको छ। उपनिर्देशक सबिता थापालाई कानुन शाखाबाट मध्यस्थकर्ता शाखा प्रमुखको जिम्मेवारी दिइएको  छ।

सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख रहेका हृदयेश्वर पंडितलाई नियमन र केदार भट्टलाई सुदूरपश्चिम प्रदेश कार्यालय सरूवा गरिएको छ। गीता आचार्यलाई लुम्बिनी प्रदेश कार्यालय बुटवलको प्रमुखको जिम्मेवारी दिइएको छ। त्यहाँ रहेका उपनिर्देशक पूर्ण बहादुर थापालाई व्यवस्थापन महाशाखा अन्तर्गतको मानव संशाधन शाखामा सरूवा गरिएको छ।

चार्टर्ड अकाउण्टेण्ट विरोध वाग्लेको वित्त विश्लेषण शाखाबाट व्यवस्थापन महाशाखा अन्तर्गतको आर्थिक प्रशासन शाखामा सरूवा गरिएको छ। अर्का चार्टर्ड अकाउण्टेण्ट  सन्तोष कार्कीको निरिक्षण शाखा (निर्जीवन) बाट सुपरिवेक्षण महाशाखाको वित्त विश्लेषण शाखामा सरूवा गरिएको छ। उनी लामो समयसम्म जीवन र निर्जीवन बीमकको निरिक्षण शाखामा आलोपालो गरी जिम्मेवारी बहन गर्दै आएका उपनिर्देशक हुन् ।

उपनिर्देशक निशा घिमिरेलाई आर्थिक प्रशासन शाखाबाट बीमालेख महाशाखा अन्तर्गत कृषी तथा पशुपन्क्षी बीमालेख शाखामा सरूवा भएको छ। श्रद्धा श्रेष्ठलाई प्राधिकरणको गैरस्थलगत शाखाबाट व्यवस्थापन महाशाखा अन्तर्गत सामान्य प्रशासन शाखामा सरूवा गरिएको छ। उनको ठाउँमा पुनर्बीमा शाखाबाट सरूवा भएका राजेन्द्र महर्जनलाई जिम्मेवारी दिइएको छ। उपनिर्देशक पुष्पा कुँवरलाई लघु बीमा शाखाबाट अनुसन्धान महाशाखा अन्तर्गत अनुसन्धान तथा तथ्याङ्क शाखामा सरूवा गरिएको प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS