Connect IPS
IME Life

डेल्टिन नेपालद्वारा विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । आज शुक्रबार एक कार्यक्रमको बीच नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । श्री नन्दी माध्यामिक विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्व स्वस्थ्य तथा जनसंख्या मन्त्री गगन कुमार थापाद्धारा कम्प्युटर ल्याब हस्तान्तरण गरिएको हो ।

महामन्त्री थापालाई समारोहलाई सम्बोधन गर्दै डेल्टिन नेपालको यो सामाजिक उत्तरदायित्व अन्तरगतको कम्युटर ल्याप हस्तान्तरणले नन्दी विद्यालयका विद्याथीहरुको भविश्यमा महत्पूर्ण भूमिका खेल्ने बताएका छन् ।

Prabhu
Crest

आजको डिजिटल साक्षरता र प्राविधिक विकासको समयमा इन्टरनेट र कम्प्यूटरको उपलब्ध गराई देशको शैक्षिक क्षेत्रमा योगदान गरेकोमा डेल्टिन नेपाललाई महामन्त्रीले धन्यवाद समेत दिएका थिए । डेल्टिन नेपालका अपरेशन हेड सुभान्वित गुरुङले कम्पनीको यो सामाजिक कार्यलाई भोलीका दिनमा पनि निरन्तरता दिने बताएका छन् ।

कम्प्युटर ल्याबबाट विद्यार्थी भाइबहिनीहरुले धेरै भन्दा धेरै लाभ लिनेमा आफू ढुक्क भएको अपरेशन हेड गुरुङले सुनाए । त्यसैगरी डेल्टिन नेपालका मानव संसाधन प्रबन्धक नविन खातीले अत्याधुनिक कम्प्युटर ल्याब हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

डेल्टिन नेपाले १७ लाख रुपैयाको लगानीका २३ वटा कम्प्युटर, प्रोजेक्टर, ३ वटा फ्यान सहित कम्प्युटर ल्याप हस्तान्तरण गरेको छ । डेल्टिन नेपाल प्राइभेट लिमिटेडको सुरुवात डेल्टिन ग्रुपको अन्तर्राष्ट्रिय भेन्चरको रुपमा २०७५ साल भदौ १४ काठमाडौको मेरियट होटलमा खोलिएको थियो । अहिले २५० जनाले रोजगारी पाएका छन् ।

कम्प्युटर ल्याब हस्तान्तरण समारोहमा काठमाडौं महानगरपालिका वाडा नं १ अध्यक्ष भरतलाल श्रेष्ठ, पर्यटन विभाग निर्देशक काली प्रसाद भुजेल, श्री नन्दी विद्यालयका प्रधानाध्यापक गीता काफ्ले, एभरेष्ट हस्पिटालिटी एण्ड होटल प्रा’ लिमिटेडका प्रमुख शशिकान्त अग्रवाल, अतिरिक्ता दुरुपयोग अनुसन्धन आयोग कि पूर्व आयुक्त डा। सावित्री थापा गुरुङ र प्रहारी नायब उपरीक्षक (डीएसपी) इन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS