IME Life New

भक्तपुरमा इम्पेरियल सेक्युरिटिजले विस्तार गर्यो नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (बोकर नं ४५) ले सूर्यबिनायक–६, सूर्यबिनायक चोक, भक्तपुरमा शाखा कार्यालय विस्तार गर्दै आजबाट औपचारिक रुपमा शुभारम्भ गरेकोछ । आज एक समारोहका बिच सूर्यबिनायक नगरपलिकाक नगर प्रमुख बाशुदेब थापाले रिबन काटेर उक्त शाखाको उद्घाटन गरे ।

कार्यक्रममा उनले स्टक मार्केटको सम्भावना राम्रो भएकोले ईम्पेरियल सेक्युरिटिजले आफ्नो शाखा बिस्तार गर्दा भक्तपुरको सूर्यबिनायक लाई नै रोजेकोमा धन्यावाद प्रकट गर्दै नियम कानूनको परिधिमा रहेर ब्यबसाय सन्चालन गर्दा नगरपालिकाले सदैव साथ सहयोग गर्ने कुरा आस्वस्त पारे ।

Esewa
Crest

इम्पेरियल सेक्युरिटिजका प्रबन्ध निर्देशक भक्तिराम घिमिरेले भविष्यमा थप शाखा विस्तार गर्दै जाने नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेन्जको स्विकृति लिइ पोर्ट्फोलियो सेवा, परामर्श सेवा, ब्रोकर डिलरशिप आदि सेवा बिस्तार गर्ने योजना रहेको बताए ।

यसै क्रममा निर्देशक सिताराम अधिकारीले भक्तपुर शाखा विस्तार भएसँगै भक्तपुरका लगानीकर्ताको शेयर खरिद बिक्री साथै डिम्याट खाता, मेरोशेयर र शेयर अभौतिकरण जस्ता सुविधाहरुमा अब सजिलै पहुच पुग्ने र ग्राहकहरुको निरन्तर मन जित्दै गुणस्तरिय सेवा दिंदै आएकोले अग्रणी स्थान हासिल गर्न सफल भएको धारणा ब्यक्त गर्दै सम्पूर्ण लगानीकर्ताहरुमा हार्दिक आभार प्रकट गरे ।

कार्यक्रममा आफ्नो धारणा राख्दै मध्यपुर थिमि नगरपालिका वडा नं –३ का वडा अध्यक्ष कृष्णहरि आचार्यले भक्तपुरमा इम्पेरियल सेक्युरिटिजले भक्तपुरमा शाखा बिस्तार गरेकोमा धन्यावाद प्रकट गर्दै भक्तपुर, चॉगुनारायण, सूर्यबिनायक र मध्यपुर थिमि नगरपलिकाका वासिन्दाहरु लाभान्वित हुने बिचार ब्यक्त गरे । यसै क्रममा शेयर विश्लेषक तथा लगानीकर्ता केशब कोइरालाले सुझबुझ तरिकाले लगानी गर्न सुझाव दिदैं आफ्नो केहि अनुभव सुनाए ।

नेपाल धितोपत्र बोर्डले मिति २०७९ फाल्गुण ४ गते जारी गरेको धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९ बमोजिम काठमाडौं उपत्यका बाहिर तिन वटा शाखा खोले पछि उपत्यका भित्र एउटा शाखा खोल्न दिने ब्यबस्था गरे बमोजिम सूर्यबिनायक चोक, भक्तपुरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

काठमाडौंको अनामनगर स्थित केन्द्रीय कार्यालय रहेको यस धितोपत्र दलाल व्यवसायी कम्पनीले नेपालगन्ज, सुर्खेत र धादिङमा शाखा बिस्तार गरि लगानीकर्ताहरुलाई बिस्तारित सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS