IME Life New

हकप्रद निष्काशनको प्रस्ताव सहित शिव श्री हाइड्रोपावरले बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा आब्हान गरेको छ । कम्पनीले असोज २५ गते, बिहीबार सभा आब्हान गरेको हो । सभा यती इभेन्ट्स एण्ड कन्फेरेन्स सेन्टर, जेलिङ कम्प्लेक्स, बसुन्धारा, काठमाडौँमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको ठेगाना परिवर्तन गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Esewa
Crest

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १७ गते बुक क्लोज गर्ने भएको छ। त्यसकारण असोज १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS