काठमाडौं । आज शेयर बजार नेप्से परिसूचकमा भारी अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ४२ दशमलव १४ अंकले घटेर १,९६४ दशमलव ९१ को विन्दुा कायम भएको छ । आज ११ कम्पनीको शेयर मुल्य बढेको छ भने २१३ कम्पनीको शेयर मुल्य घटेको छ । आज २ अर्ब २ करोडमाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको २ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफको २ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको १ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६४ करोडमाथिको शेयर कारोबार भएको छ ।