काठमाडौं । दोर्दी खेला जलविद्युत कम्पनी र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । दुवै कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेका हुन् । दोर्दी खोलाले १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता र राप्ती हाइड्रोले ६१ लाख २७ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेका छन् ।
कम्पनीले प्रस्ताव गरेको हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृति पछि आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ । त्यसपछि मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निष्कासनका लागि आवेदन पेश गर्ने छन् ।